गुल्मी । गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
निषेधाज्ञा अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
