मुग्लिङ-नारायणगढ सडकखण्ड दुईतर्फी नै खुल्यो

काठमाडौँ । पहिरोका कारण ठप्प भएको मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ।

पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।

Advertisement

चितवनको इच्छाकामना गाउँपालिका-५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो।

अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले बताए।

More News last news
Loading...