काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ।
कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
ज्यान गुमाउनेहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका विज्ञप्तिमा उल्लेख छ । दुवै जनाको आज बिहान ज्यान गएको हो।
यस्तै, विराटनगरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालमा आइसोलेसन शैय्या नपाएपछि घरकै आइसोलेशनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको ज्यान गएको वडाध्यक्ष विजय कामतले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
