बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आज विहान कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ।
प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले रातोपाटीलाई बताए।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वारो, खोकी आदी देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो।
त्यहाँ उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ।
उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको डा. थापाले बताए। हिजो नै रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोना कारणले मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
