काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ।
वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले बताए।
वडाध्यक्ष घिमिरेका अनुसार, कन्ट्याक ट्रेसिङका आधारमा हुने परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले भोलिदेखि भदौ ५ सम्म चार किल्ला तोकेर वडालाई सिल गरिएको हो।
पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
