काठमाडौँ । काठमाडौँको हाँडीगाउँ गहनापोखरी क्षेत्रमा एकै टोलका ८ जनामा कोरोना देखिएपछि सो क्षेत्र सिल भएको छ।
गहनापोखरी नजिकै हाँडीगाउँको कोटाल टोलमा ८ जनामा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको काठमाडौँ महानगरपालिका–५ का वडा अध्यक्ष रमेश डंगोलले बताए।
पछिल्लो समय संक्रमित देखिनेहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेका छन्।
यसअघि बिहीबार सोही क्षेत्रका एक प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। प्रहरीका परिवारका अन्य चार जनामा पनि कोरोना देखिएको थियो।
उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
