महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। आक्रमणबाट ती महिलाका श्रीमान घाइते भएका छन्।
गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी लगिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
