रोटरी क्लव अफ त्रिपुरेश्वरद्धारा वृक्षारोपण

काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरले बुधवार त्रिपुरेश्वरमा २ सय विरुवा रोपेको छ। क्लवका अध्यक्ष भुवनकुमार श्रेष्ठले वातावरण जोगाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको जनाएका छन् । भर्खरैमात्र अध्यक्ष भएका उनले वातावरण जोगाउने महान् अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन्।

‘यो सबैको साझा अभियान हो, कसैको लागिमात्र हो भन्ने सोचियो भने अभियान सफल हुन सक्दैन’ उनले भने ‘ कमसेकम तीन वर्षसम्म विरुवालाई जोगाउने जिम्मा हाम्रो हो र यही काममा सधैं लागिरहन्छु।’

Advertisement

त्रिपुरेश्वर रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले अध्यक्ष श्रेष्ठले तीन वर्षको लागिमात्र जिम्मा लिन्छु भनेर नपुग्ने र त्यसपछि पनि संरक्षण गरिरहनुपर्नेमा बताए। वडाध्यक्ष श्रेष्ठले तीन वर्षपछि कसले जिम्मा लिने भनेर प्रश्न पनि गरे।

वडाध्यक्ष तण्डुकारले आफ्नो वडाको तर्फबाट पनि अभियानमा सक्दो पहल गर्ने जनाए। उनले बोटविरुवाले वातावरण प्रदुषण रोक्ने र धुलो धुँवाबाट पनि बचाउने भएकाले वृक्षारोपण अभियान सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले बोटविरुवा रोप्दा पेटी सानो हुन्छ कि भन्ने पनि प्रश्न आए पनि त्योभन्दा मानिसको जीवन सुरक्षित र स्वच्छ राख्नु प्रमुख कर्तव्य भएको बताए।

उनले बोटविरुवा हरियालीले आँखालाई पनि शितल हुने र मानिसमा सकारात्मक चेतना जगाउने समेत स्पष्ट पारे।

कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै विभिन्न क्षेत्रका प्रतिनिधिले सधैं सहयोग जुटाउने प्रतिबद्धता जनाए । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता तारबहादुर कुँवरले आफू त्रिपुरेश्वरबाट टाढा भएपनि अभियानमा संलग्न भएको बताए ।

रोटरीका त्रिपुरेश्वर सदस्य उनले वातावरण जोगाउन अहिले चुनौती भएको स्पष्ट पारे। ‘मानिसको जीवनलाई वातावरण र बोटविरुवाले स्वच्छ राख्छ तर हामी यसतर्फ त्यति ध्यान दिन्नौं’ कुँवरले भने ‘ यस्तो सामाजिक काममा सहभागिताका लागि सबैसँग आग्रह गर्न सकियो भने कुनै पनि काम गर्न सम्भव छ।’

कुँवरले सामाजिक काममा जहाँ पनि जाने र आफूले चलाएका विभिन्न प्रकारका अभियानको बारेमा पनि जानकारी दिने बताएका छन्। रोटरी क्लव अफ त्रिपुरेश्वरले आगामी दिनमा यस्तै सामाजिक काम गर्ने अध्यक्ष श्रेष्ठले जनाए।

लकडाउनमा घरमा बस्दा केही गरौं भनेर घरमा सामान्य ढंगले बोटविरुवा रोपेको र त्यसै अभियानबाट थप प्रेरित भएर सामाजिक काममा लाग्ने थप हौसला प्रदान भएको पनि स्पष्ट पारेका छन्।

More News last news
Loading...