दुलेगौँडा । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले पहिरोमा परी अभिभावक गुमाएकी ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलीकी सात वर्षीया बालिका अमिना सुनारीलाई पढाउने जिम्मा लिएका छन्।
शनिबार पहिरोग्रस्त गाउँमै पुगेर पौडेलले अमिनालाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी लिएका हुन्। उनले अमिनालाई माया युनिभर्स एकेडेमीमा पढाउने प्रतिवद्धता जनाएका छन्। बालबालिकालाई शिक्षाबाट वञ्चित गराउन नहुने भन्दै पौडेलले अमिनाको शैक्षिक जिम्मेवारी लिने निर्णय गरेको बताए।
उनले भने, ‘अमिनाले अभिभावक गुमाएपनि हामी अभिभावक बन्न सक्नुपर्छ, उनको जिम्मेवारी लिएर गुणस्तरीय शिक्षा दिनुपर्छ, हामी सबै जनताका अभिभावक हौं, उनी अभिभावकको मायाबाट वञ्चित भएपनि हामीले दिन सक्ने माया र सद्भावको कमी हुन दिनु हुँदैन।’
पहिरोबाट अमिनाका हजुरबुवा र हजुरआमामात्र जोगिएका थिए। घाइते भएकी उनकी हजुरआमाको अहिले पोखरामा उपचार भइरहेको छ। पहिरो खसेको दिन कान्छा हजुरबुवा हरि सुनारी थापाको घरमा सुत्न गएकाले अमिनाको ज्यान जोगिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
