बाफल र नैकापमा १५ औँ चरणको राहात वितरण

काठमाडौँ । समाजसेवी तथा सामाजिक अभियन्ता ताराबहादुर कुँवरको पहलमा आज १५ औँ चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

काठमाडौँको बाफलका २० जना निम्न बर्ग भएका तथा दिर्घ रोगीहरु र वाफलका १६ जना वृद्ध–वृद्धाहरुलाई राहात बाँडिएको समाजसेवी कुँवरले नयाँ पुस्तालाई बताए । उनका अनुसार, यो सँगै लकडाउन सुरु भएपछि मात्रै ११ सय भन्दा बढी परिवारलाई राहात बाँडिएको छ।

कुँवल्रले भने, “हामीले अहिलेसम्म ११ सय भन्दा बढी परिवारलाई राहात बाँड्यौँ । यसमा हाम्रो कुनै स्वार्थ छैन । लकडाउन सुरु भएसँगै हातमुख जोर्न समस्या भएका नागरिकलाई हामीले दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गर्यौँ । अहिले पनि लकडाउनबाट प्रभावित नागरिक, गरीब, दिर्घ रोगीहरुलाई सहयोग गरिरहेका छौँ । सुरुमा म एक्कलैले सहयोग गर्दै आएपनि १५ औँ चरणको राहत वितरणसम्म केही समाजसेवी र संघ-संस्थाहरु सहकार्य गर्न आइपुग्नु भएको छ।”

१५ औँ चरणको राहात वितरण रोटरी क्लब अफ त्रिपुरेश्वरको पहलमा बाँडिएको हो । राहत वितरण कार्यक्रममा क्लबका अध्यक्ष मोहन श्रेष्ठ, चलचित्र द्धन्द निर्देशक राजेन्द्र खड्गी, समाजसेवी ताराबहादुर कुँवर लगायतको सहभागी थिए।

More News last news
Loading...