म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ।

आइतबार राति वेम्वली स्टेडियममा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको हो। चेल्सीको जितमा ओलिभर जिरुउड र मासन माउन्टले गोल गर्दा एक गोल गरे।

Advertisement

अब चेल्सीले उपाधिका लगि २ अगस्टमा अर्को लन्डन क्लब आर्सनलको सामना गर्नेछ। आर्सनलले शनिबार राति म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

युनाइटेडका लासग ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत सान्तवना गोल फर्काए। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै गोलरक्षक हे गेयाकै गल्तीमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। विलियनको फितलो पासलाई फ्रेडबाट खोस्दै अघि बढाएको बललाई गोलरक्षक हे गेयाले राम्रोसँग जज गर्न नसकेको बललाई माउन्टले जाली चुमाएका थिए। ७४औं मिनेटमा ह्यारी मिगुएरले आत्मघाती गोल गरेपछि चेल्सीको जित सुनिश्चित बनेको थियो।

More News last news
Loading...