काठमाडौँ । मोबाईल सेवाको वार्षिक नविकरण शुल्कप्रति नेपाल टेलिकमका कर्मचारीहरुले तिब्र विरोध जनाएका छन्।
सर्वसाधारण जनताको समेत शेयर लगानी रहेको टेलिकम जस्तो सार्वजनिक संस्थानलाई निजी कम्पनी जसरी सञ्चालकहरुले एक्लौटी रुपमा चलाएको र अर्बौ रुपैयाँ नविकरणको नाममा राज्यलाई पोसेको भन्दै कर्मचारी संगठनहरुले विरोध गरेका हुन्।
शुक्रबार नेपाल टेलिकमकै प्रधान कार्यालय, भद्रकालीमा पत्रकार सम्मेलन गर्दै कर्मचारी युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एन्टिन), नेपाल टेलिकम वर्कर्स युनियन (एन्टिसिवयु) र नेपाल टेलिकम कर्मचारी युनियन (एन्टियु) ले संयुक्त रुपमा विरोधसभा आयोजना गरेका छन्।

यी संगठनहरुले कर्मचारीको सल्ला सुझाव विना टेलिकमको संचालक समिति आफुखुशी अघि बढेको, संस्था र कर्मचारीको वृद्धि विकासमा संस्थाले ध्यान नदिएको र सेवाग्राहीको सेवामा समेत सुधार गर्न नेतृत्वकर्ताहरुले तदारुक्ता नदेखाएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
आज आइतबार देखि संयुक्त रूपमा धर्नाका कार्यक्रमहरू सुरूवात गरिएको छ। हाल नेपाल टेलिकममा नेपाल सरकारको ९२ प्रतिशत र कर्मचारी र सर्वसाधारणको ८ प्रतिशत शेयर लगानी रहको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
