राजेन्द्र खड्गीको प्रमुख आतिथ्यतामा समाजसेवी कुँवरले बाँडे १४ औँ चरणको राहात

काठमाडौं । द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीको प्रमुख आतिथ्यतामा काठमाडौँ बाफलका ताराबहादुर कुँवरले आज १४ औँ चरणको राहत वितरण गरेका छन्।

कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन संकटमा परेकोले केही सहयोग गरेको उनी बताउँछन्।

Advertisement

प्रत्येक शनिबार आफ्नै घरमा उनले समस्यामा परेकालाई चामल, दाल, तेल, चिनी, आलुलगायतका सामग्री उपलब्ध गराउने गर्छन्। उनले दुःख पाएको र अभावले छटपटिएको मानिसलाई थोरै भए पनि हसाउनु र जीविकोपार्जनमा सहयोग गर्नु कर्तव्य भएको बताएका छन् ।

सुरुका दिनमा अत्यावश्यकीय धेरैजसो सामग्री वितरण गरेका उनले बीचमा केही समय भने चामलमात्र बाँडे । चामल मात्र दिएर अरु सामग्री कसरी जुटाउने भनेर पीडितहरुले प्रश्न गर्न थालेपछि उनको मन फेरि पग्लियो र पुरानै अवस्थामा फर्किएर राहत वितरण गर्न थाले।

उनी एउटा मानिसलाई समस्या पर्दा अर्को हाँसेर बसिरहने प्रवृत्तिको विरोध गर्छन्। आफ्नो मिहिनेत र व्यापार व्यावसायबाट आएको  पैसा समाजसेवामा खर्चेको उनी स्पष्ट पार्छन्। आफूसँग आएपछि कोही पनि भोकै पर्नुपर्दैन भनेर सार्वजनिक रूपमा नै भन्दै आएका उनले त्यसलाई व्यवहारमा पनि परिणत गरेर देखाइदिएका छन्।

उनले लकडाउन रहेसम्म नै राहत वितरण गर्ने जनाएका छन्। राहत वितरणमा खिचिएका तस्विर फेसबुकमा हालेको विषयलाई लिएर बेलामौका आलोचना खेपेका उनले अरुलाई पनि प्रेरणा जागोस् भनेर बुझेर नै फोटो पोस्ट गरेको प्रतिक्रिया दिएका छन्।

कुँवरले समाजका सबैजसो व्यक्तिलाई बोलाएर उनीहरुको समेत उपस्थितिमा राहत दिँदैआएका छन्। नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, हजुरलाई नमस्ते ट्रेड लिन्कका सन्चालक उनी जीवनमा केही गरेर देखाएमात्र वास्तविक रुपमा जीवन सार्थक हुने धारणा राख्छन्।

उनले चलाएको राहत वितरण  अभियानमा पछिल्लो समयमा विभिन्न व्यक्ति र संस्थाले पनि सहयोग गर्दै आएका छन्।

 

More News last news
Loading...