लकगाउनसँगै बन्द भएको भीमेश्वर मन्दिर आजदेखि खुल्ला

दोलखा । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ।

मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ।

Advertisement

एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गरिने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय समितिको छलफलबाट खुला गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो। मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए तापनि भित्री मुख्य मूलद्वार भने बन्द नै रहेको छ। मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ।

दोलखाबजारमा वर्षभरि मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीलाई सानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ।

More News last news
Loading...