काठमाडौँ । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ।
खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुने आयोजकले जनाएको छ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ।
जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
