पूर्व सांसद मेजर गुरुङको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार दिउँसो निधन भएको छ ।

दिउसो २ः३० बजे काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

कास्कीको नार्माजुन गाविस–३ मा जन्मएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन् । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।

उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले, “नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ ।

More News last news
Loading...