एजेन्सी । रियल मेड्रिडले सिजन २०१९–२० को स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ। नेपाली समय अनुसार आज बिहान भएको लिगको ३७औं चरणको खेलमा भिया रियललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो।

आफ्नो दोस्रो घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने। रियलका लागि २ वटै गोल उनले गरे ।

निर्णायक बनेको खेलमा रियलका लागि खेलको २९औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। यो सँगै रियलले बार्सिलोनाभन्दा ८ पटक बढी लिग उपाधि जितेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
