बलात्कारको आरोपमा पोखराबाट ४ जना पक्राउ

पोखरा । गाडीमा लिफ्ट दिने बहानामा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Advertisement

मंगलबार बिहान पोखराको लेकसाइडमा रहेको एक होटलमा लगेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१० का २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ का १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ रहेका छन्।

More News last news
Loading...