पोखरामा अर्को दुःखद् खबरः पानीमा डुबेको ५ दिनपछि भेटिए प्रयुस (भिडियो)

पोखरा । असार २६ गते पोखरा २३ घाँटीछिनामा रहेको सिल्टेसन ड्याममा डुबेका प्रयुस गुरुङको शव फेला परेको छ।

५ दिन अघि उनी साथीहरुसंग पौडी खेल्न त्यस स्थानमा गएका थिए। पोखरा २७ सुन्दरीबजार निवासी गुरुङको  खोजी भए पनि स्थानीयहरुले मंगलबार जाल हानेर निकालेका हुन्।

Advertisement

गुरुङको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ।

More News last news
Loading...