पोखरा । कास्कीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बिहीबार विहान बर्दिया मधुवन गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय लौटन थारु मृत अवस्थामा फेला परेका हुन् ।
कास्की रुपा गाउँपालिका–६ फालभञ्ज्याङ स्थित राम बहादुर खड्काको घरमा डेरा गरी बस्दै आएका थारु बुधबार राती खाना खाएर सुतेकोमा भोलिपल्ट (बिहीबार) विहान ६ बजे उनका साथीले मृत अवस्थामा फेला पारेको जनाइएको छ ।
मृतक सडकमा नाला खन्ने काम गर्दै आएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
