स्याङ्जामा थप ९ जनालाई कोरोना, ७३ पुग्यो संक्रमितको संख्या

काठमाडौं । स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमित भेटिएको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिकामा ४ जना र कालिगण्डकी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

Advertisement

यो सँगै स्याङ्जामा कोरोना सङ्क्रमितको संख्या ७३ पुगेको छ भने गण्डकी प्रदेशमा ३२४ पुगेको छ ।

संक्रमित व्यक्तिहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टिनमा बसेका थिए ।

More News last news
Loading...