‘रेडियो स्कुल’ बाल कार्यक्रमको ५० औँ श्रीखंला पुरा

काठमाडौं । कोभिड-१९ को महामारीले गर्दा नेपाल सरकारले गरेको लकडाउनमा बाबुनानीहरूका लागी घरमै पढ्ने वातावरण तथा बालउपयोगी सामग्रीहरू प्रशारण गर्ने उद्देश्यका साथ रेडियो स्याङ्जामा हरेक दिन साँझ ५ बजेबाट संचालित बाल कार्यक्रम ‘रेडियो स्कुल’ ले ५० औँ श्रीङ्खला पुरा गरेको छ ।

यसको अवसरमा कार्यक्रमको सफलताका भर्चुअल स्वर्ण उत्सव समारोह सम्पन्न गरेको छ । उक्त कार्यक्रम सूर्योदय क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षता पढ्नका लागि कोठाको बरिष्ठ फिल्ड कार्यक्रम ब्यवस्थापक खड्ग कुवरको प्रमुख आतित्थ र साक्षरता कार्यक्रम सयोजक आशिष न्यौपानेले कार्यक्रम सचालन गरेका थिए ।

Advertisement

कार्यक्रममा पढ्नका लागि कोठा सूर्योदय क्लव रेडियो स्याङ्जाका पदाधिकारी कर्मचारी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ५० औँ श्रृङ्खला सम्मको समिक्षा शुभकामना आदान प्रदान र कार्यक्रमको आशिष न्यौपाने द्वारा तयार गरिएको डकुमेन्ट्रीको प्रस्तुती गरिएको थियो । उक्त अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, अभिभावक, रेडियो परिवार, सूर्योदय क्लब र पढ्नका लागि कोठा लगायत सबैलाइ धन्यवाद ब्यक्त गरियो ।

५० ‌औँ श्रृखला सम्म आइपुग्दा कार्यक्रममा स्याङ्जा लगायत ५ जिल्ला र अष्ट्रेलिया लगायतका मुलुकबाट समेत बालबालिकाले रचना पठाएर तथा प्रत्यक्ष फोन गरेर सहभागीता जनाएका थिए । दैनिक रुपमा प्रत्यक्ष रेडियो वेभ पेज र सामजिक संजालमा प्रत्यक्ष मार्फत दैनिक हजारौं बालबालिकाले रेडियो स्कुलमा सहभागी हुने गरेका छन् । यस कार्यक्रमको सफलता संगै पाल्पा तनहुं नुवाकोट लगायतका जिल्लाहरुमा समेत रेडियोमा बालकार्यक्रम शुरु भएका छन ।

यस रेडियो स्कुल कार्यक्रमको सुरूवात सम्बन्धमा पढ्नका लागि कोठाको बरिष्ठ फिल्ड कार्यक्रम ब्यवस्थापक खड्ग कुवरले सुरूवाती दिनलाइ सम्झिदै भने, “कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गरेको अवस्थामा बाबुनानीलाई असर नपरोस भन्ने हिसावले रूम टु रिड, पढ्नको लागि कोठा, सूर्योदय क्लब स्याङ्जा र रेडियो स्याङ्जा बिच समझदारी बन्यो र कार्यक्रम सुरूवात गरियो ।

रूम टु रिड, पढ्नको लागि कोठा र सूर्योदय क्लब मिलेर स्याङ्जा जिल्लामा १० तहका ५५ वटा सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। साक्षरता कार्यक्रम अन्तगत कक्षा १ र २ मा नेपाली भाषाको सिप विकाश गर्न र विद्यालयमा पुस्तकालय स्थापना गर्न मद्दत गर्दछ ।

More News last news
Loading...