काठमाडौं । गरिमा बिकास वैक लिमिटेडले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ५० हजार बराबरको व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई हस्तान्तरण गरेको छ ।
गरिमा विकास वैक पुतलीबजार शाखा प्रबन्धक प्रेम किशोर अर्यालले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीलाई पीपीई हस्तान्तरण गरे ।
कोरोना संक्रमण नियन्त्रणको अग्रपंतीमा खट्ने व्यक्तिहरुलाई पीपीई अभाव भएको भन्दै सुरक्षामा सहयोग पुगोस् भनेर ३० थान पीपीई सहयोग गरेको प्रबन्धक अर्यालले बताए ।
यसअघि पनि बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको राहत कोषलाई ३५ लाख सहयोग गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
