काठमाडौं । स्याङ्जा भिरकोट नगरपालिकाको कालिका सामुदायिक अस्पताल मंगलबार देखि सुविधासम्पन्न आइसोलेसन सहित कोरोना अस्पतालमा परिणत गरिएको छ ।
भीरकोट नगरपालिका–१ स्थित हेलुमा रहेको अस्पतालमा ६० वेडको वाईफाई, टेलिभिजन, सीसी क्यामेरा सहितको सुविधा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या एक हप्तामा १२ पुगेपछि सामुदायिक अस्पतालमा आसोलेसन तयार गरिएको हो ।
स्याङ्जा जिल्लाको सदरमुकाममा भएको जिल्ला अस्पतालमा पुरुषको लागि मात्र १० शैयाको आइसोलेसन तयार गरिएकोमा संक्रमण बढ्दै गएकोले कालिका अस्पतालमा आइसोलेसन तयार गरिएको भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिए ।
पीसीआर परीक्षण र थप भेन्टिलेटरसहितको उपचार सेवा उपलब्ध गराउन सबै पालिका एकजुट हुनुपर्ने मेयर खनालले बताए । जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै वार्ड नभएका कारण यस अघि एक संक्रमित महिलालाई पोखरामा पठाउनु परेको थियो ।
मंगलबार संक्रमित भेटिएका चापाकोट र विरुवाका ५ जनालाई कालिकाकै आसोलेसनमा राखिएको छ।
जिल्लाको मध्यभागमा रहेको सो अस्पतालले वि।सं। २०६२ देखि गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा यहाँका नागरिकलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दे आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
