स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जाले कोरोना नियन्त्रणको विषयमा थप संवेदनशिल हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको छ ।
बुधबार नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विभिन्न देशबाट आएका व्यक्तिहरुलाई राख्न स्थानीय सरकारले व्यवस्थापन गरेका क्वारेन्टाईनहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका छन् वा छैनन् तत्काल अनुगमन गरी आवश्यक थप व्यवस्थापन गनुपर्ने भन्दै ज्ञापन पत्र मार्फत ध्यानाकषर्ण गराएका हुन् ।
पछिल्लो समय काेराेना सँगै देखिएको डेँगु जस्ता रोगहरु लाग्न नदिन थप सचेत अपनाउन र काठमाडौ पोखरा लगाएतका शहरमा अध्ययनको शिलशिलामा रहेका व्यक्तिहरुलाई यथाशिघ्र भित्र्याई क्वारेन्टाइनमा राखि आफ्नो घर पठाउने व्यवस्था गर्न माग गरेको छ ।
क्वारेन्टीनमा बसेका व्यक्तिहरुलाई घरबाटै खाना ल्यादिने कुरा अव्यवहारिक भएको भन्दै क्वारेन्टीनमा नै खानाको व्यवस्था गर्न र आईसोलेसनमा बसेका संक्रमितहरुलाई जुनसुकै वेला भेन्टिलेटर र आई.सि.यू. को आवश्यक्ता पर्न सक्ने भएकाले तत्काल सोको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, विना काम पहुँच र चिनजानकाे भरमा पास वितरण राेक्न र सर्वसाधारणले विशेष काममा समेत गेटमा उभिएर बस्नुपर्ने अवस्था हटाई जिल्ला प्रशासन कार्यालयमा हेल्पडेक्सको व्यवस्था गर्न समेत माग गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
