स्याङ्जामा सिडिओको जिम्मेवारी गंगाबहादुर क्षेत्रीलाई

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा गंगाबहादुर क्षेत्रीलाई पठाएको छ ।

गृह मन्त्रालयको बुधवार भएको निर्णय अनुसार दाङको इलाका प्रमुख रहेका वरिष्ठ उपसचिव क्षेत्रीलाई रिक्त रहेको स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो । स्याङ्जाका तत्कालीन सिडिओ रामबहादुर कुरुङवाङलाई बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेसँगै स्याङ्जा रिक्त रहेको थियो । कुरुङवाङले विभिन्न जिल्लामा रहँदा उत्कृष्ट कार्य गरेका थिए ।

Advertisement

देश कोरोना भाइरसको संक्रमणबाट गुज्रिदा उनले स्याङ्जामा सबैको मन जित्ने गरी कार्य प्रस्तुत गरेका थिए । कास्की, पर्वत, तनहुँ, गुल्मी र पाल्पा जिल्लाहरूमा सिमाना जोडिएको स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ गाउँपालिका गरि ११ स्थानिय तह छ ।

कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको बेला स्याङ्जामा पनि मंगलबार २ जना कोरोना पुष्टि भएको छ । अब सरुवा भएर आएका नयाँ प्रजिअ क्षेत्रीले यो अवस्थालाई कसरी व्यवस्थापन गर्छन भन्ने चासोको रुपमा हेरिएको छ ।

More News last news
Loading...