पोखरा । पूर्वयुवराज पारस शाह यतिबेला पोखरामा छन्। पोखरामै रहेका बेला हृदयाघात भयो भन्ने खबरले उनी चर्चामा आएका बेला उनले सार्वजनिक गरेको भिडियो झनै चर्चामा आयो।
त्यसपछि फेवा किनारका जलारी परिवारलाई राहत वितरण गरेको भिडियो पनि चर्चामै रह्यो।
चर्चामा आइरहने पारस शाह फेरि अर्कोपटक चर्चामा आएका छन्, उनी चढेको गाडीले शनिबार मध्यरातमा गोरुलाई ठक्कर दियो । बिहानपख पौने २ बजेतिर भएको घटनामा गोरु मरे पनि गाडी र गाडीमा सवारलाई भने केही भएको छैन ।
पारस चढेको बा१४च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको हो । त्यतिबेला गाडीमा पारससहित ३ जना थिए । वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले गाडीमा पारस साह भए पनि अशोक गुरुङले हाँकेका थिए ।
घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित जना ३ व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका डिएसपी ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए।
दुर्घटनापछि चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकवाहेक २ जना प्यासेन्जर गाडीमा रहेको र उपचारका लागि अस्पताल जाने क्रममा दुर्घटना भएको डिएसपी यादवको भनाइ थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
