काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरी अस्वस्थ भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ ।
उच्च रक्तचापका बिरामी प्रमुख गिरीको बिहान एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि चापोकोटमा सामान्य उचपार गरेर थप उपचारका लागि काठमाडौं ल्याईएको हो ।
बाथरुम जानेक्रममा अस्वस्थ भई अचानक ढल्ने अवस्थामा पुगेका गिरीलाई तत्कालै उपचारका लागि चापाकोट अस्पताल लगिएको र सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याईएको पारिवारिक स्रोतले जनाएको छ ।
अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य सुधारउन्मुख रहेको बुझिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
