दोलखा । नेपाली कांग्रेसका युवा नेता एवम नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले नेपाली भुमि मिच्ने भारतीय बिस्तारबादको चर्को बिरोध गरेका छन्।
लिपुलेक फिर्ता नगरे अधिनायकवादी कम्युनिष्ट सरकार झन् नालायक हुने चेतावानी दिंदै नेता काफ्लेले भने “नेपाली आमा माथि बलत्कार गर्ने बिस्तारवादीका अघि लम्पसार पर्ने केपी ओलीले तत्काल नैतिकताका आधारमा राजिनामा दिनुपर्छ।”
नेपाली कांगेस तामाकोशी गाउँपालिकाद्धारा आयोजित सरकारको नैतिक र बिस्तारवादीको नियतिको बिरोधमा निकालिएको बिशाल मशाल जुलुस पछिको कोणसभालाई सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता काफ्लेले सो कुरा बताएका हुन्।

उनले सम्पूर्ण नेपालीलाई क्वारेन्टिनको सुरक्षित ब्यबस्था गर्न सरकारलाई आग्रह गरेका छन्। दोलखाको तामाकोशी गाउपालिका जनप्रतिनिधिहरुले कोरोनाको नाममा बर्मालुट गर्दा समेत निकम्भ सरकारले मौन रहेको काफ्लेले आरोप लगाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
