फेदिखोला गाउँपालिकाले ल्यायो खाद्यान्नको लागि रोजगार कार्यक्रम

काठमाडौं । स्याङ्जाको फेदिखोला गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनबाट प्रभावित बनेकाहरुका लागि खाद्यान्नको लागि रोजगार कार्यक्रम ल्याएको छ ।

गाउँपालिका भित्र बस्ने र कामबिहीन भएका मजदुरहरुलाई लक्षित गरी खाद्यान्नको लागि रोजगार कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिकाको यो निर्णयसँगै लकडाउनका कारण दैनिक छाक टार्न कठिन भएका मजदुर एवं अन्य व्यक्तिहरुले अब राहतको भर नपरी काम गरेर नै आफ्नो छाक टार्ने भएका छन् ।

स्थानीय औजार र निर्माण सामाग्रीको मद्दतबाट दिनको ८ घण्टा काम गरेवापत गाउँपालिकाले दक्ष कामदारलाई दिनको एक हजार र अदक्ष कामदारलाई ८ सय उपलब्ध गराउने छ ।

बाहिरी जिल्लाबाट गाउँपालिका अलपत्र परेका अन्य ब्यक्तिहरु समेत यस कार्यक्रममा सहभागी हुन पाउने छन् ।

More News last news
Loading...