जंगली च्याउ खाँदा अर्घाखाँचीमा आमा छोरीको मृत्यु

बुटवल । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका २ जनाको मृत्यु भएको छ। परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत छन्।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो।

Advertisement

विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

More News last news
Loading...