तनहुँमा त्रिशूलीले बगाएर एक युवा बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ चामेढुङ्गामा त्रिशूली नदीले बगाएर आज एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ३३ वर्षीय देउबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

Advertisement

बेपत्ता भएकाको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ ।

More News last news
Loading...