तनहुँ काङ्ग्रेसद्वारा बन्दिपुर कोरोना कोषमा १ लाख ५४ हजार सहयोग

तनहुँ । नेपाली कांग्रेस तनहुँ र बन्दिपुर गाउँ कार्य समिति काङ्ग्रेसले बन्दिपुर गाउँपालिकाको कोरोना राहत कोषमा राहत रकम प्रदान गरिएको छ ।

पार्टीका जिल्ला कोषाध्यक्ष रेशम गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गाउँपालिकामा १ लाख ५४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरिएको जनाए।

Advertisement

कोरोनाको रोकथाम गर्नु सबैको जिम्मेवारी भएकाले आफूहरूको तर्फबाट पनि योगदान गरिएको उनको भनाई छ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङको समेत उपस्थितिमा गुरुङसहित गाउँपालिकाका काङ्ग्रेस सभापति कर्ण खत्री, गाउँपालिका सचिव बैश गुरुङ, वडा सभापति गोपाल अधिकारी, आमन्त्रित सदस्य सुरेश भट्टराईलगायत राहत रकम हस्तान्तरण गर्न गाउँपालिका कार्यालय पुगेका थिए।

कोषाध्यक्ष गुरुङले अप्ठेरो परेको बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताए। उनले सरकारले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदम प्रभावकारी नभएको समेत आरोप लगाएका छन्।

More News last news
Loading...