कोरोनाको प्रकोपले उत्पन्न अवस्थाका कारण धेरै गर्भ रहने चिन्ता

बीबीसी । संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषले भनेको छ कोरोनाभाइरस सङ्क्रमणले गर्दा उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ।यदि हाल लागु गरिएका जस्ता लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन्।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनसक्ने उसको अनुमान छ।

Advertisement

महिलाविरुद्धको हिँसामा पनि वृद्धि

उक्त संस्थाले यो अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।

केही देशहरूमा लकडाउन लागु भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेको घटनाहरू बढेको विवरणहरू आइसकेका छन्।

हाल विश्वभरिमा ३० लाखभन्दा धेरै मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। दुई लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन्।

एउटा परोपकारी संस्थाले कमजोर मुलुकहरूलाई तत्काल सहयोग नगरिए संसारभरि एक अर्बभन्दा धेरै मानिसमा सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय उद्धार संस्था आइआरसीले कमजोर देशहरूलाई आर्थिक एवं मानवीय सहायता दिन अपिल गरेको छ।

More News last news
Loading...