विश्वभरि केाराेना सङ्क्रमितको सङ्ख्या ३० लाखभन्दा नाघ्याे

बीबीसी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।

विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ।

Advertisement

उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्याङ्कहरू लिने गरेको छ।

कोभिड-१९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ। विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ।

More News last news
Loading...