१६ दिनमा कोरोना भाइरसबाट एक लाख मानिसको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण पछिल्लो १६ दिनमा विश्वमा एक लाख मानिसको ज्यान गएको छ।

अहिलेसम्म विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख दुई हजार भन्दा बढी पुगेको छ।

Advertisement

गएको जनवरी ११ मा चीनको वुहान शहरमा कोभिड–१९ बाट पहिलो व्यक्तिको निधन भएको थियो।

 त्यसपछि ९० दिनमा ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो । तर थप एक लाख भन्दा बढीको मृत्यु पछिल्लो १६ दिनमै भएको छ।

अमेरिकामा ५३ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्तै युरोपमा महामारीको इपिसेन्टर बनेको इटालीमा २६ हजार भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म फ्रान्स, स्पेन र बेलायतमा पनि २० हजार भन्दा बढीको ज्यान गएको छ।

More News last news
Loading...