काठमाडौँ । आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।
बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।
आज भेटिएका विरामीको आइसोलेशनमा उपचार भईरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
