काठमाडौँ । नेपाली काँग्रेस नागर्जुन नगरपालिका–१ इकाईसमितिले वडामा बसोवास गर्ने १३० परिवारलाई राहत वितरण गरेको छ।
नागर्जुन नगरपालिकाका मियर मोहन बस्नेत, वडा अध्यक्ष रामचन्द्र लामा, वडा सदस्य रामेश्वर लामा, काँग्रेसका स्थानीय नेताहरु दीपक सिमखडा, कृष्ण प्रसाद सोती, बलराम लामाको उपस्थितिमा राहत बितरण गरिएको हो।

राहतमा प्रतेक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, १ केजी नुन, १ लिटर तेल, मसला, साबुन लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको नेपाली काँग्रेसका नेता सबिन तामाङले बताए।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
