यूएई । यूएईमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीको सङ्ख्या ७१ पुगेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याँक अनुसार यूएईमा ७१ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख छ ।
डा. सञ्जीव सापकोटाको संयोजकत्वमा गठित स्वास्थ्य समितिले यूएईसहित नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना नेपालीहरु कोरोनाबाट सङ्क्रमित भएको तथ्याँक शनिबार साँझ सार्वजनिक गरेको हो ।
स्वास्थ्य समितिले सम्बन्धित देशको एनआरएनए, दूतावास तथा स्थानीय संघसँस्थाको सहयोगमा यो तथ्याँक तयार पारेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
