स्थापना दिवसमा नेबिसंघ तनहुँद्धारा रक्तदान कार्यक्रम, युवा नेता पौडेलले दिए स्वास्थ्य सामाग्री

काठमाडौं । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा नेबिसंघ तनहुँले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा देशका विभिन्न स्थानमा रगतको अभाव भैरहेको अवस्थामा, रगतको आवश्यकता रहेका बिरामीलाई सहजता मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष चुडामणी खनालले बताए । 

Advertisement

रक्तदान कार्यक्रममा ३६ जनाले रगत दिएको नेबिसंघ तनहुँले जनाएको छ । लकडाउनको समयमा उपस्थितीका लागि असहज परिस्थीति सिर्जना हुँदाहुँदै पनि विद्यार्थी साथीहरुको राम्रो साथ पाएको खनालले बताए । नेबिसंघ तनहुँ सदैव जिल्लाका स्थानीयहरुको दुखको साथी बन्ने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा नेबिसंघका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेल तनहुँ निर्वाचन क्षेत्र नं २ का बिभिन्न नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आफूले क्षेत्र नं २ अन्तर्गतका नगरपालिका एवं गाउँपालिका प्रमुखलाई  थर्मगन, पीपीई, डिजिटल थर्म मिटर, मास्क हस्तान्तरण गरेको नेता पौडेलले जानकारी दिए । 

विभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीको अभावका कारण कोरोना रोगको उपचारमा कठिनाइ भईरहेको बेला पौडेलले हस्तान्तरण गरेका सामाग्रीले ठूलो सहयोग पुग्ने भन्दै पालिका प्रमुखहरुको नेता पौडेललाई धन्यवाद समेत दिए ।

More News last news
Loading...