ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट

काठमाडौँ । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ।

शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन्।

Advertisement

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए।

घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

More News last news
Loading...