१३ दिनमै १० लाख कोरोना संक्रमित थपिए, अमेरिकामा २४ घण्टामा २४०० बढीको मृत्यु

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म बीस लाख नाघेको छ ।

२०१९ को डिसेम्बर अन्त्यमा चीनको वुहान सहरमा देखिएको यो भाइरस २०२० को जनवरीबाट अन्य क्षेत्रमा पनि फैलिएको हो।

Advertisement

सुरुमा विस्तारै फैलिएको संक्रमण पछिल्ला दिनहरुमा निकै तीव्र गतिमा फैलिएको देखिन्छ। २० लाखमध्ये १० लाख मानिसहरुमा पछिल्लो १३ दिनमा संक्रमण देखिएको हो।

१० लाख मानिसमा संक्रमण फैलिन ९३ दिन लागेकोमा बाँकी मानिसमा यति छोटो अवधिमा संक्रमण देखिएको हो।

कोरोनाको महामारीबाट विश्वभर १ लाख ३४ हजार ६ सय १२ जनाको ज्यान गएको छ । जसमध्ये सबैभन्दा धेरै मानिस अमेरिाकी नागरिकको ज्यान गएको छ । हालसम्म अमेरिकामा मात्रै २८ हजार ५ सय २९ संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २४ सय बढीको ज्यान गएको छ। बुधबार मात्रै अमेरिकामा २४ सय ८२ जनाको ज्यान गएको थियो ।

More News last news
Loading...