सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको र्‍यापिड टेस्टको रिर्पोट आयो

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाको र्‍यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ।

परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको बताएको हो।

मंगलबार यही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पुष्टी भएको थियो ।

More News last news
Loading...