काठमाडौँ । नेपाल टेलिकमको उच्च व्यवस्थापनललाई नेपाल टेलिकम वर्कस यूनियन काठमाडौँले ११ बुँदे सुझाब पेश गरेको छ।
कोरोनाको महामारी सामना गर्नका लागि जारी लकडानउका बेला वर्कस यूनियन काठमाडौँ क्षेत्रीय समितिका अध्यक्ष अचुत कुमार ओझाले टेलिकमको उच्च व्यवस्थापनलाई ११ बुँदे सुझाब पेश गरेका हुन्।
युनियनले पेश गरेको उक्त पत्रमा, लकडाउनकाबीच प्रत्येक्ष फिल्ड र काउण्टरमा काममा खटिएका कर्मचारीहरुको न्यूनतम २५ लाख रुपैँयाको बिमाको व्यवस्था गर्न माग गरिएको छ। यस्तै जोखिममा काम गर्दे गरेका कर्मचारीहरुलाई न्यायोचित हुने गरी जोखिम प्रोत्साहन भत्ताको व्यवस्था गर्न पनि भनिएको छ ।
यस्तो छ युनियनका अध्यक्ष ओझाले पेश गरेको ११ बुँदे सुझाब
ओझाको नेपाल टेलिकम उच्च व्यवस्थापनलाई सुझाव पत्र
आदरणीय टेलिकमकर्मी मित्रहरु यहाँहरुलाई साक्षी राखेर यो पत्र उच्च व्यवस्थापनलाई सम्प्रेषण गर्न चाहन्छु । म यो सुझाव पत्र लेख्दै गर्दा घर मै लकडाउनमा छु । म जस्तै धेरै साथीहरु पनि राज्यले घोषणा गरेको लकडाउन पालना गरीरहनु भएकै हुनु हुन्छ होला ।
तर हामी मध्येकै केही साथीहरु ग्राहकको सन्तुष्टी र कम्पनीको विश्वासनियताको स्थायीत्व र पेशाप्रतिको ईमान्दारीताले गर्दा कम्पनीको सेवा मर्मत सम्भार, काउण्टर सञ्चालन वा उक्त कार्यको लागि लजिष्टिक सपोर्ट आदि आदि काममा लागि रहनु भएको छ ।
जस्ले कम्पनीको दिघोपन र हामी जस्ता साथीहरुको रोजीरोटीलाई बचाई राखेको छ । जो आफु र आफ्नो परिवारलाई जोखीममा राखेरै भएपनि नागरीकप्रतिको जिम्मेवारी र कम्पनीप्रतिको आस्थाको कारण मृत्यूको भए सँग डरायर तपाई हामी घरमा बस्दै गर्दा अनवरत मृत्यू सँगपनि आखाँ जुधायर काम गरी रहेका छन् ।
ति साथीहरुप्रति म सर्वप्रथम नमन गर्दछु र यो सुझाव पत्र ति साथीहरुप्रति सर्मपित गर्न चाहन्छु । यस्तो व्यक्क्तीत्व भएका मानिसहरुको साथी हो भन्ने मौकाले समेत हामीलाई समाजमा गर्व गर्ने मौका मिल्छ भने यहाँहरुप्रति कम्पनी, म र हाम्रो यूनियन सधै ऋिणी रहिरहने छ ।
कोरोनाको माहामरीले विश्व नै त्राहीमाम भईरहेको वर्तमान समयमा करीब एक महिना देखि हामी सामाजिक दुरी कायम गर्दे लकडाउनमा छौ । प्रत्येक्ष भेट्ननसके पनि यहाँहरुसँग जोडीन र्भर्चुयल माध्यम मार्फत हर प्रयासरत छु । सम्पर्क हुन नसकेकाहरुमा यसै पत्र मार्फत सम्झना भन्न चाहन्छु ।
यस विपतबाट डरायर भन्दा पनि सचेत रहेर मुकाविला गर्न सबैमा अनुरोध गर्दछु । एक सचेत नागरीकको नाताले यस सन्त्रासको लडाईमा राज्यको मात्र उपस्थितीले समधानको सम्भावना सम्भव छैन बरु हामी नागरीकले प्रयास गर्यो र राज्यले दिएकोनिर्देशनको पालना गर्न सक्यौ भने रात पछिको विहानी निश्चित छ ।
जिवनको त्यो उज्यालो छिटो वा ढिलो र्फकाउने शक्ती हामी सँगै रहेकोले सबैमा सचेत भएरव्यवहार गर्न समेत अपिल गर्दछु । कम्पनी व्यवस्थापनले गरेको प्रयास र यूनियनहरुले देखाएको सक्रियताप्रति पनि धन्यवाद भन्न चाहन्छु । यसका बाबजुद्ध पनि लकडाउनमा अप्नाउन पर्ने के ही अपरिहार्य सुझाव म व्यवस्थापनलाई राख्न चाहन्छु ।
१) मानविय क्षतीको कुनै पनि चिज वा वस्तु सँग तुलना गर्न सकिदैन । तर पनिपेशाकर्मीले आफ्नो पेशाप्रतिको ईमान्दारीताले गर्दा विषम परिस्थितीमा पनि आफुलाई जोखिममा राखेरै भए पनि जिम्मेवारी पुरा गर्नु पर्ने रहेछ । यस्तो अवस्थामा काममा खटिनु हुने कर्मचारीहरुको कम्तीमा न्यूनतम सुरक्षाको आवश्यक सामाग्री (पिपिई,माक्स, पन्जा र चश्मा ) आदिको प्रभावकारी व्यवस्थापन गरियोस् ।
२)प्रत्येक्ष फिल्ड र काउण्टरमा काम गर्नु पर्ने कर्मचारीहरुको न्यूनतम रु २५ लाखको बिमाको व्यवस्था गरियोस् ।
३) कम्पनीको काममा लगडाउनको समयमा खटिएका कर्मचारीहरुमा जोखिमको मात्रा बढि रहनु स्वभाविक हो । यस्ता कर्मचारीको परिवार सदस्यहरु समेत अन्यको तुलनामा बढि जोखिममा रहने हुँदा कर्मचारी र उक्त कर्मचारीको परिवार सदस्यहरुमा संक्रमण देखिएमा सम्पुर्ण उपचार खर्च कम्पनीले गर्ने व्यवस्था गरियोस् ।
४) जोखिममा काम गर्दे गरेका कर्मचारीहरुलाई न्यायोचित हुने गरी जोखिम प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् । साथै वृत्ति विकासमा समेत प्राथमिकतामा सुचिकरण गरियोस् । कुनै मानविय क्षेती भएमा उक्त कर्मचारीको परिवार सदस्य मध्य योग्यता पुगेकालाई रोजगारीको व्यवस्था गर्ने व्यवस्थामिलाईयोस् ।
५) एकातिर कार्यालय आउँदा प्रशासनीक झन्झट त छदै छ । अर्के तिर सार्वजनिक साधनको अभाव र व्यवस्था भएमा पनि उच्च जोखिमको खतर रहेको अवस्थामा कार्यालय आउन र जानको लागि कम्पनी कै सवारी साधनको व्यवस्था मिलाउन समेत सुझाव दिन चाहन्छु ।
६) टेलिकमले दिदै आएको सेवाहरु ADSL,FTTH & PSTN लगायत सेवाको सामान्य अवस्थामा जस्तै महशुल भुक्क्तानी समयमा नगरेको कारण ग्राहकको सेवा अबरुद्ध गरिएको छ । यसले CRBT बाट चेतनामुलक धुन बजाउदा र कोरोना विपत कोषमा चन्दा दिदा कम्पनीले प्राप्त गरेको ख्यातीमा समेत केही धक्का लाएको छ।ग्राहकप्रतिको कम्पनीको विश्वास कम्जोर देखिएको छ । यसैले कम्तीमा लकडाउनसमयमा सेवा अबरुद्ध नहुने व्यवस्था गर्नु उपयूक्त देखिन्छ ।
७) कम्पनीले यो विषम परिस्थितीको पनि सदुपयोग गर्ने प्रयास गर्नु उत्तम देखिन्छ । महशुल भुक्क्तानीमा काउण्टर बाट गरे भन्दा रिचार्जकार्डबाट गरेमा थप बोनस र रिचार्जकार्डबाट गरे भन्दा ONLINE मार्फत गरेमा थप बोनस दिने व्यवस्था गर्नु उपयूक्त देखिन्छ ।यसले एकातिर जोखिम कम, रिचार्जकार्डको समेत अभाव समधान र भोलि सामान्य अवस्थामा समेत आज अभ्यस्त भएका ग्राहकहरु ONLINE मार्फत सेवा लिन लालाहित हुने हुँदा कम्पनीको समेत समय, मानवसाधन बचत एवं मितव्ययीता आउन सक्ने देखिन्छ ।
८) चैत्र देखि अषाढ सम्मको ADSL FTTH & PSTN को महशुल ONLIN मार्फत ADVANCE PAY गरेमा ५ प्रतिशत छुट दिन समेत उपयूक्त हुन्छ । जसले राजस्वको जोखिम समेत कम गर्छ ।
९) विपतको समयमा कर्मचारीहरुलाई आर्थिक अभाव भएमा कम्तीमा ३ महिनाको तलब ADVANCE मा दिने र उक्त रकम एक आर्थिक वर्ष भित्र कटि गर्ने गरि सहुलियत दिने व्यवस्था कार्यान्यनमा ल्याउन समेत सुझाव दिन चाहन्छु ।
१०) चेतनामुलक CRBT र SMS ग्राहकहरुलाई पठाएर सचेत गर्ने कार्यलाई निरन्तर दिनु उपयूक्त देखिन्छ ।
११) कर्मचारीमा उच्च आत्मबल बनाई राख्न र ढाडस दिनको लागि समन्वय, सम्बाद र संचार मार्फत उच्च व्यवस्थापन र यूनियन पदाधिकारी रहेको कम्पनीको कोरोना जोखिम व्यवस्थापनको लागि बनेको समिति अझै सशक्क्त रुपमा कर्मचारीहरुको गाहाे अप्ठेरोमा सम्पर्कमा रहि समस्या समधानमा सक्रीयरुपमा अगाडी आउनु पर्ने देखिन्छ ।
अन्त्यमा यस पिडादायी विश्व क्षणमा सबैलाई आफु पनि बचौ, अरुलाई पनि बचाउ ।लकडाउनको पुर्ण पालना गरि राज्यलाई सहयोग र आफ्नो हित गर्न नचुकौ भन्नचाहन्छु । एक सचेत नागरीक, ईमान्दार राष्ट्र सेवक र असल अभिभावकको जिम्मेवारी समेत हामी सँग रहेकोले यसलाई नभुली आफ्नो पहिचान र कर्तव्यमा लागि रहन सबैमा नयाँ २०७७ ले जोस जाङ्गर उर्जा प्रदान गरोस् भन्दै शुभकामना दिन चाहन्छु ।
कोरना विरुद्धको यो लडाईमा हामी सबैले सफलता प्राप्त गरेपछि सबै सँग प्रत्येक्ष भेट हुने नै छ भन्ने आशा लिएको छु । सवै टेलिकमकर्मी मित्रहरुमा सम्झना, हाल सम्म व्यवस्थापनले गरेको प्रयासलाई धन्यवाद र कम्पनीको काममा लागीरहनु भएका कर्मचारी मित्रहरुलाई जयनेपाल । जय टेलिकम ।
अध्यक्ष
अचुत कुमार ओझा
नेपाल टेलिकम वर्कस यूनियन
काठमाडाैँ क्षेत्रीय समिति
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
