नुवाकोटको एक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–३ मा रहेको चाउथे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध विजय ढुंगानाले सो स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।

Advertisement

यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टबाट प्राप्त स्यानिटाइजर साबुन, सर्जिकल मास्क, रुघाखोकीको औषधि, सिटामोल, सेनिटरी प्याड, सर्जिकल मोडिकल पन्जालगायतको स्वास्थ्य सामग्री स्वास्थ्य चौकीका प्रमुख हेमनारायण खड्कालाई हस्तान्तरण गरेको ढुंगानाले जानकारी दिए ।

More News last news
Loading...