‘लकडाउन’ मा यसरी मनाउनुहोस् पोषिलो नयाँ वर्ष

अनिता महतरा/काठमाडौं । यस बर्षको नयाँ बर्ष तपाइ हाम्रो माझ आइसकेको छ । २०७६ लाई बिदाई गरेर २०७७ लाई स्वागत गर्ने बेलामा हामी सबै नेपालीहरुको मनबाट कोरोनाको त्रासले छोडिसकेको छैन् ।

यत्र-तत्र छरिएर बस्नुभएका दाजुभाई दिदिबहिनी अहिले आ आफ्ना घरमा बसिरहनुभएको छ । विभिन्न कामले गाउघर छोडेर शहर बस्नुभएका नेपालीहरु अहिले गाउघर र्फकनुभएको छ ।

Advertisement

लकडाउनको चपेटामा नयाँ वर्षलाई स्वागत गर्नुपर्ने बाध्यता त छदै छ । विगतका नयाँ वर्षहरुमा मिठा मिठा परिकार पकाएर, खुसी सबैसँग साटेर हर्षोउल्लासका साथ मनाएता पनि यस वर्षको नयाँ वर्ष फरक ढंग र फरक शैलीमा हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

अहिले यो एउटा अवसर पनि हो जहाँ सबै परिवारका सदस्य संगै छौ र आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्दै पोषिलो नयाँ वर्ष मनाउने ।

कसरी मनाउने पोषिलो नयाँ वर्ष ?

पश्चिमी सस्कृतिलाई अगाल्दै आफनो खानपानमा परिवर्तन ल्याएका हामी नेपालीहरुले खानपिनको व्यवहारमा थोरै मात्र ध्यान दिन सक्यौ भने पोषिलो नयाँ वर्ष मनाउन सकिन्छ ।

आफनै घरमा भण्डारण गरेर राखेको धान, चामल, गहु, जौ, कोदो, फापर यिनै खाद्यन्नहरुबाट हामी हाम्रो खाना तयार गर्न सक्छौ जुन घरमा सजिलै उपलब्ध पनि हुन्छ र पोषणयुक्त पनि ।

१) जौ को दलिया : ढिकी अथवा जातोमा पिसेको जौ जसमा कार्बोहाइटेड प्रशस्त मात्रामा हुन्छ । यो शुक्ष्म पोषक तत्वले भरीपुर्ण समेत हुन्छ ।
यसका फाइदाहरु : 
 जौ को सेवनले मधु मेह, उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ ।
 यसको प्रयोगले कोलस्टरोल नियन्त्रणमा सहयोग पुग्छ ।
 वजन घटाउनका लागि एकदमै लाभदायक मानिन्छ ।
 रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका साथै पाचन शक्ति राम्रो बनाउनमा पनि यसले सहयोग पुर्‍याउँछ ।

२) बुङ्गाको अचार : केराको घरीमा रहेको तलको फललाई बुङ्गा भनिन्छ । बुङ्गा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसमा पोटासियम, फाइबर, आइरन, म्याग्नेसियम, टेनिन, क्याल्सियम, कपर, भिटामिन ‘इ’ र प्रोटिन पाइन्छ ।
यसका फाइदाहरु : 
 यसमा पाइने टेनिनले मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।
 यसमा पाइने शुक्ष्म पोषक तत्वले थकान कम गर्न र Mood Boost गर्न मद्दत गर्दछ ।
 यसको सेवनले हाम्रो शरीरमा भएको Proesteron Hormone Increase गरी बढी मासिक हुनबाट बचाउछ ।
 यसमा पाइने पोटासियम र फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ ।

३) काचो मेवाको सलाद : मेवा हाम्रो घर वरपर पाइने फल हो । प्रायजसो पाकेको मेवालाई फलको रुपमा सेवन गर्छाै तर काचो मेवा सलादको रुपमा निकै कम सेवन गरिन्छ ।
यसका फाइदाहरु : 
 काचो मेवामा पाइने Papain तत्व जसले पाचन शक्तिमा मद्दत गर्दछ ।साथै यसले हाड तथा जोर्नी को समस्यालाई कम गर्न मद्दत गर्दछ ।
 मेवामा पाइने भिटामिन ‘ए’ ले Lungs को Inflammation (फोक्सो सुन्निने समस्या) लाई कम गर्छ तसर्थ यो धुम्रपान गर्ने व्यक्तिका लागि पनि फलदायी मानिन्छ ।

४) घुइयाको करी : Colacossia अर्थात कर्कलो हामी बीच निकै लोकप्रिय खाना भने होइन । यसको पात तथा धइया दुवै खान योग्य कुरा हो । धेरैले खान नरुचाइएको खानेकुरा भएपनि यसको निकै राम्रो गुण छ । घुइयाको करी स्वादिष्टका साथै लाभदायक पनि छ ।

यसका फाइदाहरु : 
 यो कार्बोहाइटेडको एकदमै राम्रो स्रोत हो ।
 यसले उच्च रक्तचाप कम गर्नका साथै क्यान्सर, मधमेह पनि नियन्त्रण गर्छ ।
 यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वजन घटाउनमा सहयोग गर्छ ।
 मुटु रोगीका लागि यो एकदमै राम्रो खाने कुरा हो ।

५) केराको Pie : केराको Pie बच्चा देखि बुढासम्म सबै उमेर समुहका व्यक्तिहरुलाई मनपर्ने खानेकुरामा पर्छ । यो एकदमै कमलो हुने भएकाले बच्चा र बुढालाई खान सजिलो हुन्छ । बजारमा पाइने Pie भन्दा स्वादिष्ट र पोषिलो हन्छ ।

यो पाकेको केरा र अण्डा राखेर बनाइन्छ । यो त्रिभुज आकारको हुने भएकाले यसलाई केराको समोसा समेत भन्ने गरिन्छ ।
सधै माछा मासु तथा अन्य मिठाइहरु राखेर खाने बानी परेको चाडबाडमा अलि खल्लो लागेता पनि पौष्टिक तत्वले भरिपुर्ण आहार स्वास्थ्यबद्र्धक छन् ।

सधै झै यो खाना सेतो (जौ को पुलाउ), रातो (बुङ्गाको अचार), केराको Pie र हरियो मेवाको सलाद खान सकिन्छ । यसरी बनाएको खाना सबै उमेर समुहलाई र रक्तचाप तथा मधुमेह जस्ता रोगीका लागिका पनि हुन्छ ।

सामाग्री एउटै तर परिकार भिन्न, स्वादिष्ट र पौष्ट्रिक युक्तका साथै देख्दा आर्कषक बनाएर नयाँ वर्षलाई फरक ढंगले मनाउन सके स्वास्थ्य निकै लाभदायक हुन्छ ।

More News last news
Loading...