काँग्रेसका नेता खड्काद्वारा सरकारको कोरोना राहत कोषमा ५ लाख सहयोग

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । पूर्व सरसफाई तथा खानेपानी राज्यमन्त्री समेत रहेका नेता खड्काले नेपाल सरकारको कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका हुन्।

विश्व नै कोरोना भाइरस (कोभिड–१९) का कारण ठुलो संकटमा परेको बेला नेता खड्काले नेपाल सरकार कोरोना राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेका हुन्।

Advertisement

संखुवासभा निवासी पुर्वराज्यमन्त्री खड्काले काठमाडौंमा बस्दै आएका संखुवासभाका विद्यार्थी, ज्यालादारी मजदुर र विपन्न बर्गलाई लकडाउनको समयमा कुनै समस्या परे अथवा कुनै सहयोग चाहिएमा आफुँलाई जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताएका छन्।

नेता खड्का भन्छन्, “म समस्यामा परेका संखुवासभावासीलाई सहयोग गर्छु, संखुवासभा जिल्लाका स्वास्थ्य चौकीहरुमा स्वस्थ्य उपकरणको उचित ब्यबस्था होस्। रोगको उपचार समयमा नै होस् संकटको यो अवस्थामा संखुवासभा जिल्लामा कसैलाई समस्या नपरोस् भन्दै नेपाल सरकारको कोरोना राहत कोषमा जम्मा रकम उचित परिचालन गरि वास्तवविक पीडित तथा सरोकरवालाहरुले पाउनुपर्छ।”

नेता खड्काले यो बिपतको घडीमा सबै उधोगी, ब्यापारी तथा समाजका सक्षम र सचेत नागरिकहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन्।

कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि उच्च जोखिममा परेको छ। नेता खड्काले यस्तो बेलामा दैनिक ज्यालादारी, मजदुरी गरि साँझपाख आफ्नो परिवारको छाक टार्ने श्रमीकको पहिचान गरि उनीहरुलाई विशेष राहात प्याकेजको घोषणा गर्न सरकारलाई आग्रह समेत गरेका छन्।

विश्वभर कोरोना भाइरसको महामारी सँगै यसको असर नेपालमा पनि देखिएको छ। यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ७ लाख ३१ हजार ३ सय ८९ जना मानिस संक्रमित भएका छन्। जसमध्ये हालसम्म ३४ हजार ६ सय ५४ जना मानिसको ज्यान गइसकोको छ।

यसँगै नेपालमा पनि ५ जना मानिसमो कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये एक जना संक्रमित उपचारपछि पूर्ण निको भएर घर फर्किसकेका छन् ।

क्वारेन्टाइन निर्माण गर्न ७ कोठाको घर दिने काँग्रेस नेता रन्जित कर्णको घोषणा 

लकडाउनका बेला काठमाडौँमा समस्यामा परेका संखुवासभावासीलाई जुनसुकै बेला सहयोग गर्छु : नेता खड्का

More News last news
Loading...