क्वारेन्टाइन निर्माण गर्न ७ कोठाको घर दिने काँग्रेस नेता रन्जित कर्णको घोषणा

राजविराज । नेपाली कांग्रेसका युवा नेता,  नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रन्जित कर्णले आफ्नो ७ कोठे घर क्वारेन्टाइन निमाृणका लागि दिने घोषणा गरेका छन् ।

संविधानसभा सदस्य समेत रहेका नेता कर्णले सप्तरीको राजबिराज नगरपालिका–३ मा रहेको ७ कोठाको आफ्नो घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने बताएका हुन् ।

Advertisement

एक सचेत नागरिकले पहिरो, भुकम्प लगायतका प्राकृति प्रकोपमा एकले अर्कोलाई हृदयदेखि नै हयोग गर्नुपर्छ, नेता कर्णले भने। विश्व नै संकटमा परेका बेला हामी सबै एकजुट भै सहयोग गर्नुपर्ने भन्दै उनले सामाजिक उत्तरदायीत्व बहन गर्दै विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामी आफैँले सजगता अपनाउनु पर्ने पनि बताए ।

उनले उक्त विषयमा सप्तरी जिल्ला प्रशासन समक्ष आफ्नो घर क्वारेन्टाइनका लागि उपयोग गर्न समेत जानकारी गराई सकेका छन् । उनले देशमा विषम परिस्थितिमा रहेका बेला सरकारलाई सहयोग गरेर अगाडि बढनुपर्ने बताए।

विश्वका १९९ देशमा कोरोना भाइरसको महामारी छ । कोरोनाको संक्रमणबाट (यो समाचार तयार पार्दासम्म) ५ लाख ३३ हजार २१ जना मानिस संक्रमित भएका छन् । जसमध्ये कोरोनाको संक्रमणबाट २१ हजार ९६ जना मानिसको ज्यान गइसकेको छ । १ लाख २४ हजार ३ सय ८८ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

यस्तै नेपालमा पनि ३ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । तीनजनामध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् २ जना उपचार भइरहेको छ ।

यसैबीच नेपाल सरकारले कारोनाको रोकथामका लागि अल नेपाल लकडाउन गरेको छ । आज नेपाल चौँथो दिनको लकडाउन जारी छ ।

More News last news
Loading...