काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने बताएका छन् ।
उनले बिहिबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले विपतको घडीमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील समेत गरेका छन् ।
नेपाल सरकारले हालै मात्र कोरोना भाइरस रोकथामका लागि केन्द्रीय कोषको निर्माण गरेको छ । जसमा रकम जम्मा हुने क्रम जारी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
