कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा १० जनाको मृत्यु

काठमाडाैँ । विश्वभर नै महामारीका रुपमा रहेको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा १० जनाको ज्यान गएको छ ।

भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको हो ।

Advertisement

भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।

पाकिस्तान, नेपाल लगायत देशहरुमा पनि बन्द आह्वान गरिएको छ ।

More News last news
Loading...